• ट्रेण्डिङ्ग :
काठमाडौँ महानगर प्रमुख बालेनद्वारा पदबाट राजीनामा

काठमाडौँ महानगर प्रमुख बालेनद्वारा पदबाट राजीनामा


  • 2.4K
    SHARES
    • माघ ५, २०८२ आइतबार
    • ९ महिना अघि
    • 3.7K Views

    काठमाडौँ महानगर प्रमुख बालेनद्वारा पदबाट राजीनामा

    काठमाडौँ, माघ ४ गते । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा दिनुभएको छ । 

    images

    आइतबार प्रमुख शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाउनुभएको हो ।  उहाँले स्वेच्छाले राजीनामा दिएको बताउनुभएको छ । राजीनामा पत्रमा महानगरकाे नेतृत्व र कार्यपालिकालाई सफलताकाे शुभकामना व्यक्त गर्नुभएको छ ।

    'नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम म काठमाडौँ महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२।१०।०४ गते देखि लागू हुने गरी स्वेच्छाले राजीनामा पेश गर्दछु' बालेनले राजीनामा पत्रमा भन्नुभएको छ, 'यस पदमा रहँदा काठमाडौँ महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमान्दारिपूर्वक कार्य गर्ने प्रयास गरेको छु। अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास-यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस भन्ने कामना गर्दै, तपाईँ तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु।'

    615432515_1365555655612711_4951277059854029957_n.jpg
     


    तेस्रो आँखा