• ट्रेण्डिङ्ग :
दाङबाट काठमाडौंको लागि छुटेको बस चितवनमा दुर्घटना, ३८ जना घाइते

दाङबाट काठमाडौंको लागि छुटेको बस चितवनमा दुर्घटना, ३८ जना घाइते


  • 3.2K
    SHARES
    • माघ १७, २०८२ शुक्रबार
    • ९ महिना अघि
    • 4.9K Views

    दाङबाट काठमाडौंको लागि छुटेको बस चितवनमा दुर्घटना, ३८ जना घाइते

    दाङ, १६ माघ । दाङबाट काठमाडौं जाँदै गरेको बस चितवनमा दुर्घटनामा परेको छ । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते भएका छन् ।

    images

    शुक्रवार बिहान करिब ३ बजेर १० मिनेटमा सडकमै पल्टिएको थियो । लुम्बिनी प्रदेश ०२-००१ ख ०४६६० नम्बरको नाइट बस घुमाउने भन्ने स्थानमा पल्टिएको हो । प्रहरीले उद्धार गरी घाइतेहरुलाई उपचारका लागि भरतपुर लगायतका विभिन्न अस्पताल पठाएको छ । 

    मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिङ ६ जना घाइतेहरुको उपचार भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # चितवनमा दुर्घटना

  • तेस्रो आँखा