• ट्रेण्डिङ्ग :
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन

रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन


  • 1.8K
    SHARES
    • माघ १९, २०८२ आइतबार
    • ९ महिना अघि
    • 2.8K Views

    रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन

    काठमाडौँ,  माघ १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका उपसभापति डोलप्रसाद अर्यालको संयोजत्वमा ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन गरको छ ।

    images

    सो पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीका अनुसार निर्वाचनलक्षित गतिविधिहरु सञ्चालन गर्न केन्द्रीय समितिको निर्णयानुसार समिति गठन गरिएको हो । समितिको सदस्य सचिवमा शङ्कर श्रेष्ठ रहनुभएको छ ।

     पार्टीले प्रदेशगत आधारमा प्रदेश समन्वय सचिव तोक्नुका साथै केन्द्रीयरुपमा आन्तरिक समन्वय उपसमिति, प्रशासनिक  समन्वय उपसमिति र सञ्चार समन्वय उपसमिति पनि गगठन गरेको छ । रासस


    तेस्रो आँखा