• ट्रेण्डिङ्ग :
समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन

समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन


  • 2.3K
    SHARES
    • माघ २१, २०८२ मंगलबार
    • ९ महिना अघि
    • 3.6K Views

    समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन

    काठमाडौँ, माघ २० । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन भएको छ । 

    images

    आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिन्हमा कायम भएका कुल तीन हजार एक सय ३५ उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरिएको जानकारी दिनुभयो । 

    प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ को उपदफा (६) र प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १६ को उपनियम (२) बमोजिम सो बन्दसूची प्रकाशन भएको उहाँको भनाइ छ । 

    निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार प्रकाशित बन्दसूचीमा एक हजार सात सय ७२ महिला र एक हजार ३६३ पुरुष उम्मेदवार रहनुभएको छ । अन्तिम बन्दसूचीको विस्तृत विवरण आयोगको वेबसाइटमा राखिएको आयोगले जनाएको छ ।


    तेस्रो आँखा