• ट्रेण्डिङ्ग :
स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री


  • 2.0K
    SHARES
    • माघ २२, २०८२ बुधबार
    • ९ महिना अघि
    • 3.0K Views

    स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

    काठमाडौँ,  माघ २१ ।  प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानका प्रयास प्रारम्भ गर्नुभएको छ । 

    images

    यसै क्रममा सरोकार भएका पक्षसँग छलफल गर्न उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक आह्वान गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    केही समयअघिदेखि देशका विभिन्न भागमा रहेका अस्पतालहरूले स्वास्थ्य बिमाबापतको रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द गर्ने निर्णय गरेका थिए । स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बिमाबापत रकम नपाउँदा सेवा प्रवाह गर्न कठिन भएको जनाएका छन् । 

    स्वास्थ्य बिमा बोर्डका अनुसार देशभर सूचीबद्ध स्वास्थ्य संस्थालाई रु १० अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ ।  रासस

     


    तेस्रो आँखा