• ट्रेण्डिङ्ग :
देशमा पश्चिमी वायुको आंशिक प्रभाव

देशमा पश्चिमी वायुको आंशिक प्रभाव


  • 1.4K
    SHARES
    • माघ २३, २०८२ बिहीबार
    • ९ महिना अघि
    • 2.1K Views

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव

    काठमाडौँ, माघ २२ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । तराईका केही स्थानमा तुवाँलो लागेको छ ।

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो तराईका केही स्थानमा कुहिरो लाग्ने छ । तराईका धेरै स्थानमा हुस्सु लाग्ने छ भने पहाडी तथा हिमाली भागमा मौसम सफा रहनेछ ।

    त्यसैगरी, आज राति तराईका केही स्थानमा कुहिरो लाग्ने छ भने पहाडी तथा हिमाली भागमा मौसम सफा रहनेछ । महाशाखाले हिमपात, वर्षा र हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ । 


    तेस्रो आँखा