• ट्रेण्डिङ्ग :
एकै चरणमा निर्वाचन गरेर प्रतिनिधि सभालाई सरकार हस्तान्तरण गर्छौँ : प्रधानमन्त्री कार्की

एकै चरणमा निर्वाचन गरेर प्रतिनिधि सभालाई सरकार हस्तान्तरण गर्छौँ : प्रधानमन्त्री कार्की


  • 872
    SHARES
    • माघ २३, २०८२ बिहीबार
    • ९ महिना अघि
    • 1.3K Views

    एकै चरणमा निर्वाचन गरेर प्रतिनिधि सभालाई सरकार हस्तान्तरण गर्छौँ : प्रधानमन्त्री कार्की

    काठमाडौँ, माघ २२ गते। प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गर्नुभएको छ। 

    images

    बिहीवार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले यस्तो आग्रह गर्नुभएको हो। 

    उहाँले निर्वाचन एकै चरणमा हुने भन्दै निश्चिन्त रहन समेत सबैमा आग्रह गर्नुभयो। उहाँले निर्वाचनको समयमा सबै भूगोलको मौसमसमेत अनुकुल रहने विश्वास व्यक्त गर्दै सबै मतदाताले निर्वाध रूपमा मतदान गर्न पाउने विश्वास व्यक्त बताउनुभयो। 

    निर्वाचनपछि निर्वाचित प्रतिनिधि सभालाई सरकार हस्तान्तरण गरी वर्तमान आफूहरु घर फर्किने उहाँको भनाइ छ। 

    उहाँले भन्नुभयो, ‘ढुक्क र निश्चिन्त हुनुस्। एकैदिनमा हुन्छ चुनाव। दुई चरणमा हुनेवाला छैन। तोकिएकै मितिमा हुन्छ। मलाई लाग्छ मौसम पनि राम्रो हुनेछ। हामी सबैले मतदान गर्न पाउनुहुनेछ। निर्वाचित प्रतिनिधि सभालाई सरकार हस्तान्तरण गर्छौँ र आफ्नो घर जान्छौँ।’

    उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयुक्तको भूमिका प्रसंशनीय रहेको भन्दै धन्यावाद समेत व्यक्त गर्नुभयो।    


    तेस्रो आँखा