• ट्रेण्डिङ्ग :
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने


  • 2.2K
    SHARES
    • माघ २५, २०८२ शनिबार
    • ९ महिना अघि
    • 3.4K Views

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

    काठमाडौँ, माघ २४ गते । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। आइतबार बिहान ८ः३० बजे जुममार्फत छलफल गर्ने गरी बैठक बोलाएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभएकाे हाे ।

    images

    कार्यसम्पादन समितिका अधिकांश सदस्यहरू निर्वाचनका सिलसिलामा काठमाडौँ बाहिर रहेकाले जुम मार्फत बैठक गर्न लागेको उहाँले बताउनुभयाे ।

    तीन एजेन्डा तय गरिएको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई उपस्थित हुन अनुरोध गरिएको छ।

    बैठकका लागि नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–०८२, नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२ र केन्द्रीय अनुशासन समिति गठन सम्बन्धी विषयलाई एजेन्डा तय गरिएको छ। 


     


    तेस्रो आँखा