• ट्रेण्डिङ्ग :
रामेछापमा बस दुर्घटना, चार जनाको मृत्यु

रामेछापमा बस दुर्घटना, चार जनाको मृत्यु


  • 2.1K
    SHARES
    • माघ २८, २०८२ मंगलबार
    • ८ महिना अघि
    • 3.3K Views

    रामेछापमा बस दुर्घटना, चार जनाको मृत्यु

    रामेछाप,  माघ २७ गते ।  रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सो दुर्घटनामा बसका चालक सहित ६ जना घाइते भएका रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो । 

    images

    काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनीको यातायातको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको हो । 

    रामेछापका प्रहरी नायव उपरीक्षक भट्टका अनुसार बस नदीमा डुबेकाले यात्रुको उद्धारमा कठिनाइ भइरहेको छ । उद्धार गरिएका केही घाइतेलाई उपचारका लागि नजिकको अस्पताल लगिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । रासस


    तेस्रो आँखा