• ट्रेण्डिङ्ग :
दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न चार दिनको म्याद थप

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न चार दिनको म्याद थप


  • 1.1K
    SHARES
    • फाल्गुण ५, २०८२ मंगलबार
    • ८ महिना अघि
    • 1.6K Views

    दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न चार दिनको म्याद थप

    काठमाडौँ, फागुन ५ गते । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई चार दिनको म्याद दिएको छ । 

    images

    सोमबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक रहेका प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौँले आज प्रशासनमा पेस गरेको थियो ।

    निर्वाचनसम्बन्धी अफवाह फैलाएर शान्ति खलल गरेको आरोपमा प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसूरमा पक्राउ गरिएको र सोही कसुरमा अनुसन्धानका लागि म्याद थप भएको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

    प्रसाईंले फागुन २१ मा निर्वाचन हुँदैन भन्दै हिँडेका थिए । यसअघि पनि उनी विभिन्न कसुरमा पटकपटक पक्राउ परेका थिए । केही दिनअघि वीरगञ्ज जान लागेका बेला दक्षिणकालीबाट एकपटक र त्यसअघि पोखराबाट पनि उनलाई पक्राउ गरिएको थियो । 

     


    तेस्रो आँखा