• ट्रेण्डिङ्ग :
आज ७६ औँ प्रजातन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

आज ७६ औँ प्रजातन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा


  • 1.2K
    SHARES
    • फाल्गुण ७, २०८२ बिहीबार
    • ८ महिना अघि
    • 1.8K Views

    आज ७६ औँ प्रजातन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

    काठमाडौं । आज ७६औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रजातन्त्र दिवसको अवसरमा सरकाले आजका लागि सार्वजनिक बिदासमेत दिएको छ ।

    images
     

    प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ । कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ ।

    प्रजातन्त्र दिवस समारोहमा प्रधानमन्त्री सुशीला कार्कीसँगै संवैधानिक अंगका प्रमुखको उपस्थिति रहने छ । सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

     

    नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ ।


    तेस्रो आँखा