काठमाडौं, १४ चैत। प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत जादैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्राणामा पत्नी आरजु देउवासहित प्रधानमन्त्री देउवाले नेपाली टोलीको नेतृत्व गर्दै छिमेकी देश भारत जान लागेका हुन्।
भारतीय विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाको औपचारिक भ्रमणबारे पुष्टि गरेको हो। भारत रहँदा प्रधानमन्त्री देउवाले वाराणासी र उत्तर प्रदेशको भ्रमण गर्ने विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्री भइसकेपछि प्रधानमन्त्री देउवाको यो पहिलो राजकीय भ्रमण हो । तीन दिने औपचारिक भ्रमणपछि प्रधानमन्त्री देउवा आइतबार स्वदेश फर्किनेछन्।
