• ट्रेण्डिङ्ग :
भारतीय विदेशमन्त्री श्रीलङ्का भ्रमणमा

भारतीय विदेशमन्त्री श्रीलङ्का भ्रमणमा


  • 11.4K
    SHARES
    • चैत्र १४, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 17.5K Views

    भारतीय विदेशमन्त्री श्रीलङ्का भ्रमणमा

    काठमाडौं, १४ चैत । भारतका विदेश मन्त्री एस जयशंकर श्रीलङ्का गएका छन् । श्रीलङ्काको राजधानी कोलम्बो गएका उनले श्रीलङ्काका अर्थ मन्त्री बसिल राजापाक्षसँग भेटवार्ता गरेका छन् । 

    images

    आर्थिक संकटमा परेको श्रीलङ्काको आर्थिक अवस्थामा कसरी सुधार ल्याउने भन्ने बारेमा उनीहरूबीच छलफल भएको अधिकारीहरूले बताएका छन् । भेटका क्रममा श्रीलङ्कालाई भारतले के कसरी सहयोग गर्न सक्छ भन्ने बारेमा छलफल भएको र भारतको तर्फबाट सहयोगको बचन दिएको उनीहरूको भनाइ छ ।

    विदेश मन्त्री जयशंकरले पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो भेटवार्ताबारेमा जानकारी दिएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले पनि गत शुक्रबार श्रीलङ्काको आर्थिक संकट व्यवस्थापनका लागि सबैलाई अनुरोध गरेको थियो ।

    बिमस्टेक बैठकमा सहभागी हुनका लागि श्रीलङ्का आएको मौकामा विदेशमन्त्री जयशंकरले भेटवार्ता गरेका छन् । उनी यही मार्च २८ देखि ३० सम्म श्रीलङ्कामा रहने छन् ।मार्च २९ मा बिमस्टेकको बैठक आयोजना गरिएको छ ।   


    तेस्रो आँखा