• ट्रेण्डिङ्ग :
विवादमा विवेकशील साझा पार्टी

विवादमा विवेकशील साझा पार्टी


  • 8.3K
    SHARES
    • चैत्र १४, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 12.8K Views

    विवादमा विवेकशील साझा पार्टी

    काठमाडाैं,१४ चैत्र ।  विवेकशील साझा पार्टीमा पछिल्लो समयमा  विवाद चुलिएको छ । आइतबार बसेको बैठकमा अध्यक्ष रवीन्द्र मिश्रले प्रदेश संयोजकहरु तोकेको निर्णय सुनाएपछि नेताहरुले विरोध गरेका छन् । अध्यक्ष मिश्रले पार्टीमा एकलौटी निर्णय गरेको तथा राप्रपासँग पार्टी मिलाउन खोजेको भन्दै असन्तुष्ट नेताहरु भेला भएका छन् ।

    images

    १५० जनाको केन्द्रीय समितिमा करिव ९० जनाले कसरी जाने भनेर छलफल गरिरहेको एक नेताले बताए । आइतबार मिश्रले मधेश प्रदेशको संयोजकमा धनपति महतो, बागमतीमा सञ्जीव वल्लभ भट्टराई, गण्डकीमा सुशीला अधिकारी केसी र अन्तर्राष्ट्रिय समितिको संयोजकमा एसके श्रेष्ठ चयन गरेको जानकारी गराएका थिए ।

    बागमतीमा बिराजभक्त महर्जन र गण्डकी प्रदेशमा जमुना शर्मा संयोजकको आकांक्षी थिए । अध्यक्ष मिश्रले २६ केन्द्रीय सदस्यलाई कारबाही गरेको र पार्टी महाधिवेशन स्थानीय चुनावपछि गर्ने निर्णय भएको बताएका छन् । पार्टीका महत्वपूर्ण विषयमा छलफल नगरी एकलौटी गरेको भन्दै नेताहरु भने मिश्रसँग असन्तुष्ट छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप