• ट्रेण्डिङ्ग :
धर्मदेवी नगरपालिका-८ मा पूर्व ऊर्जामन्त्री दीपक खड्काद्वारा मतदान

धर्मदेवी नगरपालिका-८ मा पूर्व ऊर्जामन्त्री दीपक खड्काद्वारा मतदान


  • 716
    SHARES
    • फाल्गुण २१, २०८२ बिहीबार
    • ८ महिना अघि
    • 1.1K Views

    धर्मदेवी नगरपालिका-८ मा पूर्व ऊर्जामन्त्री दीपक खड्काद्वारा मतदान

    खुवासभा/प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिका–८ स्थित श्री अमरुवा माध्यमिक विद्यालय मतदान केन्द्रबाट पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले पहिलो मतदान गर्दै लोकतान्त्रिक प्रक्रियाप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

    images

    बिहानै मतदान केन्द्र पुग्नुभएका खड्काले मताधिकार प्रयोग गर्दै लोकतन्त्रको सुदृढीकरणमा नागरिक सहभागिता अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो।

    मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “नेपाल आमाको सम्मान, देशको भविष्य र लोकतन्त्रको संरक्षणका लागि मैले आफ्नो अमूल्य मत समर्पित गरेको छु।”

    उहाँले सबै मतदातालाई निर्धक्क रूपमा मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न पनि आग्रह गर्नुभयो।

    प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर आज बिहानदेखि मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ। सम्बन्धित मतदान केन्द्रहरूमा सुरक्षाको कडा व्यवस्था गरिएको निर्वाचन अधिकारीहरूले बताएका छन्।


    तेस्रो आँखा