• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभा निर्वाचन : दिउँसो ३ बजेसम्म ३९ प्रतिशत मतदान

प्रतिनिधिसभा निर्वाचन : दिउँसो ३ बजेसम्म ३९ प्रतिशत मतदान


  • 2.0K
    SHARES
    • फाल्गुण २१, २०८२ बिहीबार
    • ८ महिना अघि
    • 3.0K Views

    प्रतिनिधिसभा निर्वाचन : दिउँसो ३ बजेसम्म ३९ प्रतिशत मतदान

    काठमाडौँ, फागुन २१ गते ।  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बिहीबार दिउँसो ३ बजेसम्म देशभर ३९ प्रतिशत मतदान भएको छ । 

    images

    निर्वाचन आयोगका अनुसार कोशी प्रदेशमा दिउँसो ३ बजेसम्म ५८ प्रतिशत मत खसेको छ । कोशीमा २८ वटा निर्वाचन क्षेत्रमा मतदानस्थल सङ्ख्या एक हजार ९०७ रहेको छ । 

    उपत्यकामा ५१ प्रतिशत मत खसेको छ ।  उपत्यकामा १५ वटा निर्वाचन क्षेत्र तथा ५२७ वटा मतदानस्थलबाट मतदान प्रक्रिया जारी रहेको छ । 

    मधेसमा ५४ प्रतिशत मत खसेको छ । मधेसमा ३२ वटा विर्नाचन क्षेत्र रहेकोमा दुई हजार १६० मतदानस्थल छन् । 

    बागमतीमा ५३ प्रतिशत मत खसेको छ । बागमतीमा १८ वटा निर्वाचन क्षेत्र तथा एक हजार २८८ मतदानस्थल छन् । 

    गण्डकीमा ४१ प्रतिशत मत खसेको छ । गण्डकीमा १८ वटा विर्नाचन क्षेत्र तथा एक हजार २९७ मतदानस्थल छन् । 

    लुम्बिनीमा ३८ प्रतिशत मत खसेको छ । लुम्बिनीमा २६ निर्वाचन क्षेत्र तथा एक हजार ६७१ मतदानस्थल छन् । 

    कर्णालीमा ४२ प्रतिशत मत खसेको छ । कर्णालीमा १२ वटा निर्वाचन क्षेत्र तथा ९४१ मतदानस्थल छन् । 

     सुदूरपश्चिम प्रदेशमा ४३ प्रतिशत मत खसेको छ । सुदूरपचिममा १६ वटा विर्नाचन क्षेत्र र एक हजार १७६  मतदानस्थल छन् । 

    आयोगका अनुसार देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा दश हजार ९६७ मतदानस्थल छन् । कुल मतदाता एक करोड ८९ लाख तीन हजार ६८९ मध्ये दिउँसो ३ बजेसम्म  ७४ लाख १४ हजार १०१ जनाले मतदान गर्नुभएको छ । 

     


    तेस्रो आँखा