• ट्रेण्डिङ्ग :
मतदान शान्तिपूर्ण सम्पन्न : ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

मतदान शान्तिपूर्ण सम्पन्न : ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान


  • 2.4K
    SHARES
    • फाल्गुण २१, २०८२ बिहीबार
    • ८ महिना अघि
    • 3.7K Views

    मतदान शान्तिपूर्ण सम्पन्न : ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

    काठमाडौँ, फागुन २१ ।  निर्वाचन आयोगका अनुसार बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ । 

    images

    आयोगले बिहीबार साँझ मतदान सम्पन्न भएपश्चात् आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो । 

    उहाँले देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको बताउनुभयो । 

    उहाँले भन्नुभयो, “करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । यसको विस्तृत विवरण सङुकलन कार्य जारी छ ।”

    उहाँले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सहकार्य एवम् समन्वय गर्ने नेपाल सरकार, प्रदेश सरकार, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय, राजनीतिक दल, पर्यवेक्षक सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । 


    तेस्रो आँखा