• ट्रेण्डिङ्ग :
निर्वाचन अपडेट: काठमाडौँ –१ मा रास्वपाको फराकिलो मतान्तरको अग्रता

निर्वाचन अपडेट: काठमाडौँ –१ मा रास्वपाको फराकिलो मतान्तरको अग्रता


  • 1.6K
    SHARES
    • फाल्गुण २२, २०८२ शुक्रबार
    • ८ महिना अघि
    • 2.5K Views

    निर्वाचन अपडेट: काठमाडौँ –१ मा रास्वपाको फराकिलो मतान्तरको अग्रता

    काठमाडौँ, फागुन २२ गते । काठमाडौँ प्रतिनधिसभा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि रन्जु दर्शना फराकिलो मतान्तरका साथ अग्रस्थानमा हुनुहुन्छ ।

    images

    काठमाडौँ –१ का मुख्य निर्वाचन अधिकृत चरामन खड्काका अनुसार हालसम्म रास्वपाकी दर्शनाले १२ हजार ७८ मत प्राप्त गर्नुभएको छ ।

    उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापाले पाँच हजार २१६ मत प्राप्त गर्नुभएको छ ।

    नेकपा (एमाले) का मोहनराज रेग्मीले ९८४ मत प्राप्त गर्नुभएको छ ।

    उहाँले अहिलेसम्म काठमाडौं १ मा २३ हजार २२७ मतगणना भएको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “मतगणना जारी छ । किरब एक, डेढ घण्टामा अन्तिम परिणाम औपचारिक रुपमा घोषणा हुन्छ ।’’

    उहाँका अनसार यस क्षेत्रमा अझै ८ हजार मतगणना हुन बाँकी छ ।


    तेस्रो आँखा