• ट्रेण्डिङ्ग :
काठमाडौँ-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

काठमाडौँ-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी


  • 1.3K
    SHARES
    • फाल्गुण २२, २०८२ शुक्रबार
    • ८ महिना अघि
    • 2.0K Views

    काठमाडौँ-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

    काठमाडौँ, फागुन २२ गते । काठमाडौँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठ विजयी हुनुभएको छ । 

    images

    काठमाडौँ–८ का निर्वाचन अधिकृत सम्झना घिमिरेका अनुसार श्रेष्ठ २४ हजार ५९२ मतसहित विजयी हुनुभएको छ । 

    उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सुमन सायमीले तीन हजार २१७ मत प्राप्त गर्नुभयो ।

    नेपाली कांग्रेसका सपना राजभण्डारीले दुई हजार ८३५, नेकपा (एमाले) का राजेश शाक्यले एक हजार ९०९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नविन शाहीले एक हजार ९०९ मत प्राप्त गर्नुभएको छ । 

    विजयी श्रेष्ठ पूर्व मन्त्रीसमेत हुनुहुन्छ । 

    बागमती प्रदेशसभाका पूर्व सदस्यसमेत उहाँ योसँगै तेस्रो पटक जनप्रतिनिधि बन्नुभएको छ ।  

     


    तेस्रो आँखा