• ट्रेण्डिङ्ग :
निर्वाचन अपडेट: चितवन- २ मा तेस्रो पटक रवि लामिछाने ५४४०२ मत सहित विजयी

निर्वाचन अपडेट: चितवन- २ मा तेस्रो पटक रवि लामिछाने ५४४०२ मत सहित विजयी


  • 3.4K
    SHARES
    • फाल्गुण २३, २०८२ शनिबार
    • ८ महिना अघि
    • 5.3K Views

    निर्वाचन अपडेट: चितवन- २ मा तेस्रो पटक रवि लामिछाने ५४४०२ मत सहित विजयी

    चितवन २३, फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक विजयी भएका छन् । लामिछानेले ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् ।

    images

    उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन् । लामिछानेले खरेललाई ३९ हजार ४६८ मतान्तरले पराजित गरेका हुन् ।

    यस्तै एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ र नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरूङले ४ हजार ९६९ मत ल्याए । यो क्षेत्रमा ८७ हजार २८ सदर र २ हजार ७९६ मत बदर भएको थियो ।

    लामिछानेले यसअघि २०७९ र २०८० को उपनिर्वाचनमा यहीँ क्षेत्रबाट चुनाव जितेका थिए ।


    तेस्रो आँखा