• ट्रेण्डिङ्ग :
ललितपुर–१ रास्वपाका महर्जन विजयी

ललितपुर–१ रास्वपाका महर्जन विजयी


  • 1.9K
    SHARES
    • फाल्गुण २३, २०८२ शनिबार
    • ८ महिना अघि
    • 3.0K Views

    ललितपुर–१ रास्वपाका महर्जन विजयी

    पाटन (ललितपुर), फागुन २३ गते । ललितपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बुद्धरत्न महर्जन २३ हजार ३७३ मतका साथ विजयी हुनुभएको छ । निर्वाचन अधिकृत सर्वोच्च अदालतका उपरजिष्ट्रार ईशा सुवेदीका अनुसार रास्वपाका महर्जनले नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर राणालाई ९ हजार ८५३ मतले पछि पार्दै जित हासिल गर्नुभएको हो ।

    images

    प्रतिस्पर्धी उम्मेदवार राणाले १३ हजार ५२० मत प्राप्त गर्नुभएको छ । त्यस्तै ६ हजार ५४६ मत प्राप्त गरी नेकपा (एमाले)का उम्मेदवार चेतनाथ सञ्जेलले तेस्रो स्थान हासिल गर्नुभएको छ ।

    यस क्षेत्रमा निर्वाचन क्षेत्रमा कूल ७७ हजार ७३७ मतदाता रहेकामा ५२ हजार ६३२ मत खसेको थियो । खसेको मतमध्ये दुई हजार ४९ मत बदर भएको छ । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा २८ जना उम्मेदवार बन्नुभएको थियो । रासस 

     


    तेस्रो आँखा