• ट्रेण्डिङ्ग :
युक्रेनले रूससँगको वार्तामा शान्ति खोजिरहेको छ - जेलेन्स्की

युक्रेनले रूससँगको वार्तामा शान्ति खोजिरहेको छ - जेलेन्स्की


  • 8.4K
    SHARES
    • चैत्र १४, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 12.9K Views

    युक्रेनले रूससँगको वार्तामा शान्ति खोजिरहेको छ - जेलेन्स्की

    एजेन्सी, १४ चैत। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी प्रतिनिधिमण्डलले रुससँगको नयाँ चरणको वार्तामा शान्ति खोजिरहेको बताएका छन्।

    images

    राष्ट्रपतिको प्रेस सेवाकाअनुसार हाम्रा लक्ष्य स्पष्ट शान्ति र हाम्रो राज्यमा सकेसम्म चाँडो सामान्य जीवनको पुन:स्थापना होस भन्ने छ।  वार्तामा अन्य शीर्ष कीभ प्राथमिकताहरूको रूपमा जेलेन्स्कीले युक्रेनको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र प्रभावकारी सुरक्षा ग्यारेन्टीहरूलगायत विषय उठाएका छन्।  

    आइतवार, युक्रेनी प्रतिनिधिमण्डलका सदस्य डेभिड अरखामियाले युक्रेन र रुसबीचको अर्को चरणको वार्ता मार्च २८ देखि ३० सम्म टर्कीमा हुने बताए।

    युक्रेनी र रुसी प्रतिनिधिमण्डलहरूले फेब्रुअरी २८ देखि बेलारुसमा व्यक्तिगत रूपमा तीन चरणको वार्ता गरेका छन् चौथो चरण भिडियो कन्फरेन्सको ढाँचामा मार्च  १४ मा शुरु भएको हो।


    तेस्रो आँखा