• ट्रेण्डिङ्ग :
चितवन ३ मा रास्वपाकी सोविताको फराकिलो जित

चितवन ३ मा रास्वपाकी सोविताको फराकिलो जित


  • 3.5K
    SHARES
    • फाल्गुण २३, २०८२ शनिबार
    • ८ महिना अघि
    • 5.4K Views

    चितवन ३ मा रास्वपाकी सोविताको फराकिलो जित

    नारायणगढ, फागुन २३ गते । चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो । 

    images

    गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दाहालले २० हजार ६१५ मत प्राप्त गर्नुभयो । गौतम यसअघि काठमाडौँ २ बाट प्रतिनिधिसभामा सदस्यमा निर्वाचित हुनुभएको थियो । 

    चितवन क्षेत्र ३ मा नेपाली काँग्रेसका टेकप्रसाद गुरुङको ८ हजार ३४४ र नेकपा (एमाले) का शंकर थपलियाले ५ हजार ४ मत प्राप्त गर्नुभएको छ । यसअघि यो क्षेत्र चुनाव जितेको राप्रपाले यो पटक १ हजार २२६ मत मात्र प्राप्त भएको छ । यहाँ राप्रपाका दिपक थापा उम्मेदवार हुनुहुन्थ्यो ।  

    यो क्षेत्रमा काँग्रेस, एमाले लगायतका २१ जना उम्मेदवारको जमानत जफत भएको छ । यो क्षेत्रमा १ लाख ५३ मत खसेको थियो । जमानत जफत हुनबाट बच्न उम्मेदवारले खसेको मतमा १० प्रतिशत मत प्राप्त गर्नुपर्ने कानुनी ब्यवस्था छ । 

     


    तेस्रो आँखा