• ट्रेण्डिङ्ग :
सोमबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता नरहने

सोमबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता नरहने


  • 1.6K
    SHARES
    • फाल्गुण २५, २०८२ सोमबार
    • ७ महिना अघि
    • 2.4K Views

    सोमबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता नरहने

    काठमाडौँ, फागुन २५ गते । निर्वाचन आयोगले सोमबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता नरहने बताएको छ । 

    images

    आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईकाअनुसार गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन र गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वच्छता, निष्पषता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि सो आचारसंहिता लागू भएको थियो । 

    निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १ को उपदफा (२) बमोजिम अर्को सूचना प्रकाशन नभएसम्म निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय भएकोमा आजदेखि उक्त आचारसंहिता नरहने आयोगले जनाएको हो ।

     


    तेस्रो आँखा