तुलसीपुर, २६ फागुन । रोल्पाली सेवा समाज रोल्पाले तुल्सि घर्ति मगरको उपचारमा १ लाख १४ हजार ८ सय १७ रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेको छ । करबि दुई हप्ताको आर्थिक अभियान मार्फत रोल्पाली सेवा समाज रोल्पाले आर्थिक स्रोतको संकलन गरेर तुल्सि घर्ति मगरको उपचारमा सहयोग गरेको हो ।
रोल्पा जिल्लाको त्रिवेणी गाउँपालीका वडा नम्ब्र २ पिराले घर भइ हाल घोराही दाङ बस्ने तुल्सि घर्ती मगर गम्भीर बिरामी परि थला परेकी थिइन। उनको श्रीमान सम्पर्कमा थिएनान ।उनको घरपरिवारले उपचार गर्न खर्च बेहोर्न नसक्ने अबस्थामा जीवन थियो । उनिले मृत्युको बिचमा बाच्नको लागि संघर्ष गरिरहेकी थिइन।
उपचार पाउने आशा सबैले मारेको अवस्थामा रोल्पाली सेवा समाज रोल्पाले तुल्सि घर्ती मगरलाई राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारको लागि भर्ना गर्यो । उनको उपचारको लागि रोल्पाली सेवा समाज रोल्पाले आर्थिक अभियान पनि सञ्चालन गर्यो। करिब दुइ हप्ता भन्दा बढी चलेको आर्थिक अभियानमा देश तथा विदेशका सहयोगी दाताहरूले आर्थीक सहयोग गर्नुभयो। उपचाररथ सङ्कलित रकम जम्मा १ लाख १४ हजार ८ सय १७ रुपैया राप्ती स्वास्थ्य प्रतिष्ठान घोराही दाङका प्रशासन प्रमुख रमिता गौतमको रोहवरमा फागुन २४ गते हस्तान्तरण गरेको थियो ।
यस अभियानमा जोडिएर आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगि दाताहरू प्रति रोल्पाली सेवा समाज रोल्पाका अध्यक्ष डिलाराम वलीले हार्दिक आभार व्यक्त गर्नु भएको छ। 'मानव सेवामा तपाइहरुले देखाउनु भएको सहयोग, सद्भाव र साथप्रति रोल्पाली सेवा समाज परिवार अत्यन्त कृतज्ञ छौँ' उहाँले भन्नुभयो । साथै बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँ छिट्टै पूर्ण रूपमा स्वस्थ भएर सामान्य जीवनमा फर्कनुहुनेछ भन्ने आशा पनि व्यक्त व्यक्त गर्नुभयो।
