• ट्रेण्डिङ्ग :
पहाडी र हिमाली भागमा वर्षा र हिमपातको पूर्वानुमान

पहाडी र हिमाली भागमा वर्षा र हिमपातको पूर्वानुमान


  • 1.7K
    SHARES
    • फाल्गुण २८, २०८२ बिहीबार
    • ७ महिना अघि
    • 2.6K Views

    पहाडी र हिमाली भागमा वर्षा र हिमपातको पूर्वानुमान

    काठमाडौँ, फागुन २८ गते । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा साधारणतया बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बादल रहने अनुमान गरिएको छ ।

    images

    कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थानहरू, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भाग तथा मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना  छ ।

    त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बादल रहनेछ भने बाँकी भागमा आंशिक बादल रहनेछ । कोशी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ । रासस 

     


    तेस्रो आँखा