काठमाडौं, १४ चैत्र । नेपाली कांग्रेसमा पार्टीलाई एक्लै चुनाबमा लगेर परीक्षण गर्नुपर्छ भन्ने धारण न्युन मात्रामा रहेको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्। सोमबार केन्द्रीय पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकको निणर्य सुनाउँदै महतले साे बताएका हुन् ।
‘एक्लै चुनावमा गएर पार्टीलाई परीक्षण गर्नुपर्छ भन्ने धारणा पनि बैठकमा आएको छ ।’, डा. महतले भने ‘तर अधिकांश मत भने आवश्यकताको आधारमा गठबन्धन गरेर निर्वाचनमा जानुपर्छ भन्ने आएको छ ।’
अहिले विशिष्ट स्थानमा बनेको गठबन्धन सरकार भएको कारणले केन्द्रीय समितिको बैठकमा अधिकांश वक्ताहरुले आवश्यकताको आधारमा गठबन्धन गरेर निर्वाचनमा जानुपर्ने धारणा राखेको उनको भनाइ छ ।
उनले भोलि तीन बजे बैठक बसेर आगामी निर्वाचनमा गठबन्धन गर्ने नगर्ने भन्नेबारे आधिकारीक निणर्य गरिने बताए ।
