• ट्रेण्डिङ्ग :
पितृशोकमा पनि ओलीको अध्यक्षतामा एमाले सचिवालय बैठक

पितृशोकमा पनि ओलीको अध्यक्षतामा एमाले सचिवालय बैठक


  • 2.1K
    SHARES
    • फाल्गुण ३०, २०८२ शनिबार
    • ७ महिना अघि
    • 3.2K Views

    पितृशोकमा पनि ओलीको अध्यक्षतामा एमाले सचिवालय बैठक

    भक्तपुर, फागुन ३०  । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुमा सुरु भएको छ ।

    images

    पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको बैठकमा सचिवालय सदस्यको उपस्थिति छ । अध्यक्ष ओली अहिले पितृशोकमा हुनुहुन्छ । उहाँका ९७ वर्षीय पिता मोहनप्रसाद ओलीको शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा निधन भएको थियो ।

    बैठकमा पार्टीको आन्तरिक व्यवस्थापन, समसामयिक राजनीतिक परिस्थिति र आगामी रणनीतिबारे छलफल हुनेछ । साथै, समानुपातिक सांसदको नाम टुङ्ग्याएर निर्वाचन आयोगमा पठाउने तयारी समेत रहेको बताइएको छ । पिताको निधनको शोकमा रहे पनि अध्यक्ष ओली बैठकमा सहभागी हुनुहुन्छ । 


    तेस्रो आँखा