• ट्रेण्डिङ्ग :
आयोगद्वारा समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण

आयोगद्वारा समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण


  • 2.2K
    SHARES
    • चैत्र ५, २०८२ बिहीबार
    • ७ महिना अघि
    • 3.3K Views

    आयोगद्वारा समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण

    काठमाडाैं, चैत ५ गते । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको हो । 

    images

    सांसदहरुलाई आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा. जानुकाकुमारी तुलाधार र सगुन शमशेर जबराले प्रमाणपत्र वितरण गर्नुभएको हो । 

    फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ६ वटा राजनितिक दलले सिट प्राप्त गरेका थिए । समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली काँग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिष्ट पार्टीले ९, श्रमसंस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४-४ सिट जितेका थिए । 

    प्रत्यक्षतर्फ निर्वाचित भएका १ सय ६५ जना संसदलाई भने मतपरिणाम सार्वजनिक भएलगत्तै मुख्य निर्वाचन अधिकृत कार्यालयबाट प्रमाण पत्र दिइएको थियो । 

     


    तेस्रो आँखा