• ट्रेण्डिङ्ग :
संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस

संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस


  • 3.1K
    SHARES
    • चैत्र ७, २०८२ शनिबार
    • ७ महिना अघि
    • 4.8K Views

    संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस

    न्युयोर्क, चैत ७ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा तनाव कम गर्न र होर्मुजको जलक्षेत्रको सुरक्षा सुनिश्चित गर्ने हरेक प्रयासमा संयुक्त राष्ट्रसङ्घ सहयोग गर्न तयार रहेको बताउनुभएको छ । 

    images

    उहाँले संयुक्त राष्ट्र सङ्घले यस अघि “ब्ल्याक सी” मा सुरक्षा सुनिश्चि गरी अवस्था सहज बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यसको परिणाम स्वरुप सन् २०२२ जुलाई  मा सुरु हुने मानवीय कोरिडोर मार्फत युक्रेनी निर्यातलाई सक्षम बनाएको जनाउनु भएको छ ।

    गुटेरेसले हर्मुजको जल क्षेत्रमा सहज निर्यातको अवस्था सिर्जना गर्ने मुख्य उद्देश्यका साथ संयुक्त राष्ट्र सङ्घले हाल खाडीका प्रमुख निकायका साथै युरोपेली परिषदसँग समन्वय गरिरहेको बताउनुभएको छ । उहाँले यस सन्दर्भमा संयुक्त राष्ट्र सहयोग गर्न इच्छुक र तत्पर रहेको जनाउँदै यस्ता प्रयास व्यवस्थापन गर्न संयुक्त राज्य अमेरिका र अन्य साझेदारसँगको प्रत्यक्ष सहकार्यमा सक्रिय रहने पुष्टि गर्नु भएको छ । रासस/क्युएनए 

     

  • सम्बन्धित विषय:

  • # महासचिव गुटेरेस

  • तेस्रो आँखा