• ट्रेण्डिङ्ग :
एकीकृत समाजवादीको प्रचार विभाग सचिवमा खतिवडा

एकीकृत समाजवादीको प्रचार विभाग सचिवमा खतिवडा


  • 5.3K
    SHARES
    • चैत्र १५, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    एकीकृत समाजवादीको प्रचार विभाग सचिवमा खतिवडा

    काठमाडौं, १५ चैत्र । नेकपा (एकीकृत समाजवादी) को प्रचार विभागको सचिवमा प्रकाश खतिवडा चयन भएका छन् । पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको उपस्थितिमा  सदस्यसहितको बैठकले खतिवडालाई सर्वसम्मत सो पदमा छनोट गरेको हो ।

    images

    सोमबार पार्टीका महासचिव वेदुराम भुसालले खतिवडालाई पदबहाली गराउँदै पार्टीका गतिविधिलाई प्रचारप्रसार गरी जनतालाई सूसुचीत गराउन निर्देशन दिए । 

    सो अवसरमा अर्का उपमहासचिव एवं मोर्चा फाँट प्रमुख डा विजय पौडेलका साथै प्रचार विभागका सदस्यसहित अन्य नेताहरूको सहभागिता रहेको थियो ।

    पदबहालीपछि नवनियुक्त सचिव खतिवडाले विभागका कार्यलाई व्यवस्थितरूपमा अभिलेख गरी आफूले पाएको जिम्मेवारीलाई समन्वयात्मक ढङ्गले कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे । 

    नवनियुक्त सचिव खतिवडा समाजवादी प्रेस सङ्गठनका उपाध्यक्षकोसमेत जिम्मेवारीमा छन् ।

    नेपाल पत्रकार महासंघ सप्तरीको दुई कार्यकाल अध्यक्षको जिम्मेवारी पूरा गरेका उनी तत्कालीन प्रेस चौतारीको केन्द्रीय उपाध्यक्ष, प्रचार विभागको तत्कालीन अञ्चल विभागसहित युवा तथा विद्यार्थीको विभिन्न जिम्मेवारी सम्हालेका थिए । सचिव खतिवडाले विसं २०४७ मा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए । 


    तेस्रो आँखा