• ट्रेण्डिङ्ग :
पश्चिमी वायुको प्रभावः पहाडी क्षेत्रमा वर्षा र हिमपात

पश्चिमी वायुको प्रभावः पहाडी क्षेत्रमा वर्षा र हिमपात


  • 2.0K
    SHARES
    • चैत्र १२, २०८२ बिहीबार
    • ७ महिना अघि
    • 3.1K Views

    पश्चिमी वायुको प्रभावः पहाडी क्षेत्रमा वर्षा र हिमपात

    काठमाडौँ, चैत १२ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ।

    images

    बिहीबार दिउँसो देशका पहाडी र हिमाली भागमा सामान्य बादल लाग्ने छ भने बाँकी भागमा मौसम सफा रहने छ । सबै प्रदेशका पहाडी तथा हिमाली भेगमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ ।

    त्यसैगरी, आज राति देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भेगमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ । साथै महाशाखाले वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध पनि गरेको छ । रासस 


    तेस्रो आँखा