• ट्रेण्डिङ्ग :
मौसम बदली : देशका धेरै ठाउँमा आज भारी वर्षा

मौसम बदली : देशका धेरै ठाउँमा आज भारी वर्षा


  • 3.1K
    SHARES
    • चैत्र १४, २०८२ शनिबार
    • ७ महिना अघि
    • 4.8K Views

    मौसम बदली : देशका धेरै ठाउँमा आज भारी वर्षा

    काठमाडौँ, चैत १३ गते । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ । त्यसमध्ये विभिन्न सात जिल्लामा भारी वर्षा मापन भएको छ ।

    images

    जल तथा मौसम विज्ञान विभागको विभिन्न क्षेत्रका वर्षा मापन केन्द्रहरूमा आज साँझ भएको अभिलेखअनुसार पछिल्लो २४ घण्टामा आज सल्यानमा सबैभन्दा बढी ७५।२ मिलीमिटर वर्षा भएको छ ।

    त्यसैगरी रुकुममा ५१ मिलीमिटर, म्याग्दीमा ७५, कास्कीमा ५७, नुवाकोटमा ५३, सङ्खुवासभामा ५८ र धनकुटाको मछुवाघाटमा ७४ मिलीमिटर वर्षा भएको छ । ५० मिलीमिटरभन्दा बढी वर्षा भए त्यसलाई भारी वर्षा भएको मानिन्छ ।

    विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार धेरै मापन केन्द्रहरूमा भारी उन्मुख वर्षा ४० देखि ५० मिलीमिटर वर्षा भएको बताउनुभयो । आज साँझदेखि देशभर नै बदली भएको तथा छिटफुट जिल्लाबाहेक धेरै ठाउँमा वर्षा भएको र यो क्रम शनिबार पनि जारी रहने उहाँले बताउनुभयो ।

    उहाँका अनुसार यो समयमा हुरीबतास, चट्याङ र असिनापानीले असर गर्ने भएकाले सावधानी अपनाउन अनुरोध गर्नुभयो । रासस

     


    तेस्रो आँखा