• ट्रेण्डिङ्ग :
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम तत्काल अघि बढ्छः प्रधानमन्त्री साह

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम तत्काल अघि बढ्छः प्रधानमन्त्री साह


  • 1.8K
    SHARES
    • चैत्र १७, २०८२ मंगलबार
    • ७ महिना अघि
    • 2.7K Views

    शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम तत्काल अघि बढ्छः प्रधानमन्त्री साह

    काठमाडौँ, चैत १७ गते ।प्रधानमन्त्री बालेन्द्र साहले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम तत्काल अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

    images

    मङ्गलवार सिंहदरबारस्थित आफ्नै सरकारी निवासमा सुदूरपश्चिम प्रदेशका सांसदसँग सामूहिक भेट गरी उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

    त्यस अवसरमा उहाँले सो विश्वविद्यालय अघि बढाउनका लागि आवश्यक बजेट तत्काल निकासा गराउने समेत बताउनुभएको भेटमा सहभागी कञ्चनपुर क्षेत्र नम्बर १ का सांसद जनकसिंह धामीले जानकारी दिनुभयो ।

    सो अवसरमा प्रधानमन्त्री साहले चालु आर्थिक वर्षको बजेट सीमित भएकाले त्यसले धान्नेगरी तत्काल गर्नुपर्ने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने समेत बताउनु भएको थियो ।

    आफूहरूले प्रधानमन्त्रीलाई भारतसँगको सीमा क्षेत्रको व्यवस्थापन, खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रका अति आवश्यक विषयको बारेमा पनि जानकारी गराएको सांसद धामीले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको तर्फबाट खासगरी दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय जो छ । त्यसलाई अगाडि बढाउने भन्ने पनि आएको छ । र गोकुलेश्वर एयरपोर्टलाई कसरी छिटो सञ्चालनमा ल्याउन सकिन्छ रु त्यो कुरा पनि आएको छ । यी दुई वटा कुराहरू महत्वपूर्ण रुपमा आएका छन् ।”

    बैठकमा प्रधानमन्त्री साहले गोकुलेश्वर विमानस्थल सञ्चालनको कामलाई पनि द्रुत गतिमा अघि बढाउने आश्वासन दिनुभएको थियो । धनघढी–दीपायल दु्रतमार्ग, अति जरुरी सडक, खानेपानी लगायतका जनताका समस्याबारे पनि प्रधानमन्त्री साहलाई ब्रिफिङ गरिएको भेटमा सहभागी कैलाली क्षेत्र नम्बर ४ का सांसद खेमराज कोइरालाले बताउनुभयो । 

    उहाँले भन्नुभयो,“प्रधानमन्त्रीले यो आर्थिक वर्षमा हाम्रो बजेटको आकारलाई हेरेर तत्काल समाधान गर्नैपर्ने अत्यन्तै जरुरी योजनाको बारेमा कुरा राख्नु होला भनेर भनेर सुरुमै जानकारी भए बमोजिम हामीले अत्यन्तै जरुरी, जो गर्नैपर्ने योजना छन् । त्यसको बारेमा हामीले कुरा राखेका थियौ । मैले मेरो क्षेत्रमा जेन–जी आन्दोलन पश्चात क्याबिनेटबाट गरिएको निर्णयहरू जो रोकिएर बसेका छन । त्यसलाई अघि बढाउन भनेका छौँ । धनगढी–दिपायल फाष्ट ट्रयाकलाई अघि बढाउने कुरा गरेका छौ । जरुरी सडक, खानेपानी, नेटवर्कलगायतका विषयमा पनि हामीले राखेका छौ । जनताको समस्याको विषय समग्रतामा हामीले राखेका छौँ ।”

    प्रधानमन्त्री साहले विकास निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाउनका सांसदसँगको भेटवार्तालाई निरन्तरता दिइरहनुभएको हो । भेटमा प्रधानमन्त्री साहले अति जरुरी जनचासोको योजनालाई रोकेर राख्ने पक्षमा सरकार नरहेको बताएको सहभागी सांसदले जानकारी दिएका छन्।  

     


    तेस्रो आँखा