काठमाडौं, १५ चैत्र। स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले आजबाट टोल फ्रि नम्बर सञ्चालन गर्ने भएको छ । स्थानीय तह निर्वाचनबारे जानकारी दिन आयोगले आजबाट कल सेन्टर सुरु गर्न लागेको हो।
निर्वाचन आउन ४५ दिन मात्र बाँकी रहदा आयोगले ११०२ नम्बरको टोल फ्रिका लागि कल सेन्टर सञ्चालन गर्न लागेको हो।
कल सेन्टरका लागि खटिने जनशक्तिलाई अभिमुखीकरण तालिम सम्पन्न समेत भएकाले आजबाट कल सेन्टर सञ्चालनमा आउन लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुँदैछ। आयोगले ७७ वटै जिल्लामा निर्वाचन अधिकृत छनोट गरिसकेको छ ।
