• ट्रेण्डिङ्ग :
यो सरकार काम गरेर बोल्ने छ : सभापति लामिछाने

यो सरकार काम गरेर बोल्ने छ : सभापति लामिछाने


  • 2.6K
    SHARES
    • चैत्र १९, २०८२ बिहीबार
    • ७ महिना अघि
    • 4.0K Views

    यो सरकार काम गरेर बोल्ने छ : सभापति लामिछाने

    काठमाडौँ, चैत १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले यो सरकार कामले बोल्ने भोषण कम गर्ने बताउनुभएको छ । 

    images

    प्रतिनिधिसभाको बिहीबारदेखि सुरुभएको बैठकको पहिलो वक्ताको रूपमा धारणा राख्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “हामी सबैको एउटै लक्ष्य मुलुकको समृद्धि हो, त्यसमा केन्द्रित रहने छौं ।” अहिलेको सरकारलाई जनताले दिएको चुनावी म्यान्डेट परिवर्तन भएको उहाँले बताउनुभयो । 

    सभापति लामिछानेले वर्तमान सरकारले समस्या देखाउनुभन्दा समाधानको बाटोमा लाग्ने बताउँदै थप्नुभयो, “यो सरकारलाई जनताको समस्याको आवाज सुनाइ दिनुहोला, कुनै सांसदको बोल्नेक्रममा माइक काटिने छैन । सुशासनको बेग घट्ने छैन ।”

    जनजी विद्रोहको सन्तानको रूपमा वर्तमान सरकार भएको बताउँदै सभापति लामिछानेले भन्नुभयो, “परिवर्तन र विकासको सुनिश्चित्ता गर्ने छौं । निजी क्षेत्रका लागि लगानी सुनिश्चित् गर्ने छौं ।” दलित समुदाय सदियौंदेखि राज्यबाट विभेदमा परेकाले अब त्यसको क्षतिपूर्तिसहित न्याय गर्ने उहाँले चर्चा गर्नुभयो । सरकारको नेतृत्व गरेको दलको नाताले सरकारको तर्फबाट अहिलेसम्म गरिएको विभेदप्रति उहाँले क्षमायाचना गर्नुभयो । 

    शिक्षा र रोजगारीमा बराबर पहुँच कायम गर्ने बताउनुहुँदै सभापति लामिछानेले भन्नुभयो, “महिलामाथिको सबै किसिमको हिंसामा शुन्य सहनशीलता कायम गरिने छ । ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको सुनिश्चित्ता गरिने छ ।” विदेशमा रहेका नागरिकलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने र यहाँको प्राकृतिक स्रोत साधनको सदुपयोग गरी यही रोजगारी सिर्जना गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । गाेरखापत्र


    तेस्रो आँखा