• ट्रेण्डिङ्ग :
गृहमन्त्री गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

गृहमन्त्री गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश


  • 1.9K
    SHARES
    • चैत्र १९, २०८२ बिहीबार
    • ७ महिना अघि
    • 2.9K Views

    गृहमन्त्री गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

    काठमाडौँ, चैत १९ गते । गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभाको बैठकमा तीन वटा अध्यादेश पेश गर्नुभएको छ । फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनपछि बिहीवार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा गृहमन्त्री गुरुङले  मतदाता नामावली, प्रतिनिधिसभा सदस्य र नेपाल विशेष सेवा सम्बन्धी अध्यादेश पेश गर्नुभएको हो । 

    images

    गृहमन्त्री गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ पेश गर्नुभएको हो । 

    नेपालको संविधानको धारा ८४ को उपधारा (२) बमोजिम समानुपातिकको बन्द सूचीमा समावेश गराउनुपर्ने जनसङ्ख्याको आरक्षणका लागि अध्यादेशबाट कानुन संशोधन गरिएको थियो । गत फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन मिति तोकिएपछि सोका लागि मतदाता नामावली अध्यावधिकको प्रयोजनका लागि अघिल्लो सरकारले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश’ ल्याएको थियो ।

    गृहमन्त्री गुरुङले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरषद्को कार्यालयअन्तर्गतबाट गृह मन्त्रालयअन्तगर्त राख्न ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश’ जारी भएको जानकारी गराउनुभयो ।


    यसअघि सदनको पहिलो बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्नुभयो । 

    बैठकमा संविधानसभाका सदस्य एवं पूर्वसदस्य ऋषिकेश गौतम, मोहम्मद अफ्ताव आलम, कृष्णकुमारी श्रेष्ठ, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधानसभा तथा राष्ट्रियसभाका सदस्य बलदेव बोहराको विभिन्न समयमा भएको निधनप्रति शोक प्रस्ताव पारित गरिएको छ ।

    प्रतिनिधिसभाको अर्को बैठक यही चैत २२ गते आइतबार बिहान ११ बजे बस्नेछ ।


    तेस्रो आँखा