• ट्रेण्डिङ्ग :
कूटनीतिक आचारसंहिता पालना गर्न मन्त्रीलाई परराष्ट्र सचिवको ब्रिफिङ

कूटनीतिक आचारसंहिता पालना गर्न मन्त्रीलाई परराष्ट्र सचिवको ब्रिफिङ


  • 1.5K
    SHARES
    • चैत्र २५, २०८२ बुधबार
    • ६ महिना अघि
    • 2.3K Views

    कूटनीतिक आचारसंहिता पालना गर्न मन्त्रीलाई परराष्ट्र सचिवको ब्रिफिङ

    काठमाडौँ, चैत २५  । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीलाई ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ का सम्बन्धमा विस्तृत जानकारी गराएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममा परराष्ट्र सचिव अमृतबहादुर राईले प्रस्तुति दिनुभएको हो ।

    images

    प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालका अनुसार सचिव राईले अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको प्रवर्धन र नेपालको समग्र परराष्ट्र नीतिबारे मन्त्रीलाई जानकारी गराउनुभएको थियो ।

    प्रस्तुतिका क्रममा सचिव राईले परराष्ट्र नीति सञ्चालन गर्दा अपनाउनुपर्ने विधि, सीमा र कूटनीतिक मर्यादाका सम्बन्धमा सूक्ष्म ढङ्गले प्रकाश पार्नुभयो । उहाँले नेपालको परराष्ट्र नीतिका प्राथमिकता, सम्बन्धको सन्तुलन र कूटनीतिक आचारसंहिताका प्राविधिक पक्षलाई विशेष जोड दिनुभयो ।

     

    यसैगरी विदेशी पदाधिकारीसँग हुने भेटवार्ताका क्रममा पालना गर्नुपर्ने सामान्य शिष्टाचारदेखि कूटनीतिक आचारसंहिताको अनिवार्य पालनाका विषयमा समेत मन्त्रीलाई जानकारी गराइएको थियो । नयाँ सरकारका सदस्यलाई कूटनीतिक मर्यादा र राष्ट्रिय हित अनुकुलका कार्य गर्न सहज होस् भन्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 


    तेस्रो आँखा