• ट्रेण्डिङ्ग :
सङ्घीय संसदमा राष्ट्रपतिको सम्बोधन आज

सङ्घीय संसदमा राष्ट्रपतिको सम्बोधन आज


  • 2.4K
    SHARES
    • चैत्र २७, २०८२ शुक्रबार
    • ६ महिना अघि
    • 3.6K Views

    सङ्घीय संसदमा राष्ट्रपतिको सम्बोधन आज

    काठमाडौँ, चैत २७  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्नुहुने भएको छ । नेपालको संविधानको धारा ९५ को व्यवस्थाबमोजिम राष्ट्रपति पौडेलले शुक्रबार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने छ । प्रतिनिधि सभाको निर्वाचनपछि सङ्घीय संसद्को संयुक्त बैठक बस्न लागेको पहिलो पटक हो । 

    images

    संविधानको धारा ९५(२) ले राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था गरेको छ । 

    सङ्घीय संसद् सचिवालयले राष्ट्रपतिले सम्बोधन गर्ने बैठकको दिन २:४५ बजेभित्र उपस्थित भइसक्न सदस्यहरूलाई सूचितसमेत गरिसकेको छ । 

      


    तेस्रो आँखा