• ट्रेण्डिङ्ग :
उपसभामुखमा रुबी कुमारी ठाकुर निर्वाचित

उपसभामुखमा रुबी कुमारी ठाकुर निर्वाचित


  • 3.0K
    SHARES
    • चैत्र २७, २०८२ शुक्रबार
    • ६ महिना अघि
    • 4.6K Views

    उपसभामुखमा रुबी कुमारी ठाकुर निर्वाचित

    काठमाडौँ, चैत २७ । श्रम संस्कृति पार्टीका सांसद रुबी कुमारी ठाकुर उपसभामुख पदमा निर्वाचित हुनुभएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा भएको निर्वाचन प्रक्रियामार्फत् उहाँ उपसभामुख पदमा निर्वाचित हुनुभएको हो । 

    images

    उहाँले प्रतिनिधिसभाका कुल उपस्थित ‍‍२५६ मध्ये २२९ सदस्यको मत पाउनुभयो । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सरस्वती लामाले पाँच मत पाउनुभयो । रुबी कुमारीलाई रास्वपा, नेपाली कांग्रेस, नेकपाले समर्थन गरेका हुन् । नेकपा (एमाले) भने उपसभामुखको निर्वाचनमा तटस्थ रह्यो । सदनमा  भएको मत विभाजनको प्रक्रियामा २२ सांसद अनुपस्थित हुनुहुन्थ्यो । सभामुख डोलप्रसाद अर्यालले मतपरिणाम घोषणा गर्नुहुँदै सांसद ठाकुर उपसभामुख पदमा अत्यधिक बहुमतले निर्वाचित हुनुभएको जानकारी गराउनुभयो ।  

    उपसभामुख निर्वाचित रुबीका बुवाको नाम सोगराथ ठाकुर र आमाको नाम रेणु ठाकुर हो ।

    उहाँको बुवा सोगराथ ईट्टाभट्टमा काम गर्दै आउनुभएको थियो भने हाल उहाँ वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबमा हुनुहुन्छ । उहाँको आमा गृहिणी एवम् किसान हुनुहुन्छ । 

    २५ वर्षीया उपसभामुख ठाकुरले  २०७४ सालमा धनुषाको स्थानीय विद्यालयबाट एसइई उत्तीर्ण गर्नुभएको हो । उहाँले धनुषाको बलरा पोलिटेक्निकबाट तीन वर्षे सिभिल इन्जिनियरिङमा डिप्लोमा गर्नुभएको छ । पढाइ सकेपछि उहाँ आर्किटेचर कन्सल्टेन्सीमा काम गर्दै आउनुभएको थियो । 

    जेनजी आन्दोलन पश्चात् उहाँ श्रम संस्कृति पार्टीमा जोडिन पुग्नुभएको थियो । उहाँ श्रम संस्कृति पार्टीको समानुपातिक तर्फको सांसद हुनुहुन्छ ।  


    तेस्रो आँखा