• ट्रेण्डिङ्ग :
टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्ति सूचीमा प्रधानमन्त्री शाह

टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्ति सूचीमा प्रधानमन्त्री शाह


  • 2.3K
    SHARES
    • बैशाख ३, २०८३ बिहीबार
    • ६ महिना अघि
    • 3.6K Views

    टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्ति सूचीमा प्रधानमन्त्री शाह

    काठमाडौँ, वैशाख २ गते । प्रधानमन्त्री वालेन्द्र शाहलाई ‘टाइम म्यागेजिन’ले सन् २०२६ को लागि सार्वजनिक गरेको १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरेको छ ।

    images

    म्यागेजिनले ३५ वर्षीय शाहलाई पूर्व ‘हिप–हप’ कलाकारदेखि नेपालको सबैभन्दा कान्छा प्रधानमन्त्री भन्दै उहाँको यात्राबारे चर्चा गर्दै दक्षिण एसियाली राजनीतिमा नयाँ तरङ्ग ल्याउने व्यक्तिको रूपमा चित्रण गरेको छ ।

    प्रधानमन्त्री शाहको उदय युवा पुस्ताको समर्थन र पुराना राजनीतिक दल तथा संरचनाप्रतिको असन्तुष्टिको परिणाम भएको म्यागेजिनले जनाएको छ ।

    काठमाडौँ महानगरपालिकाका प्रमुख रहँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको सुधारको चर्चा गर्दै प्रधानमन्त्रीको जिम्मेवारीमा शाहप्रतिको नेपाली जनताको विश्वाससँगै प्रभावकारी नेतृत्व निर्वाहको अपेक्षाबारे पनि चर्चा गरेको छ । रासस

     


    तेस्रो आँखा