• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीसँग अर्थमन्त्री र योजना अयोगका पदाधिकारीको छलफल

प्रधानमन्त्रीसँग अर्थमन्त्री र योजना अयोगका पदाधिकारीको छलफल


  • 1.4K
    SHARES
    • बैशाख ८, २०८३ मंगलबार
    • ६ महिना अघि
    • 2.2K Views

    प्रधानमन्त्रीसँग अर्थमन्त्री र योजना अयोगका पदाधिकारीको छलफल

    काठमाडौँ, वैशाख ८ गते । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको छ । 

    images

    प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमामा छलफल भएको हो । 

    छलफलमा अर्थमन्त्री वाग्लेसहित राष्ट्रिय योजना आयोगका पदाधिकारी र नीति अनुसन्धान प्रतिष्ठानका कर्मचारीसँग सहभागी हुनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    बैठक विशेषगरी सरकारको राष्ट्रिय प्राथमिकताका क्षेत्र पहिचान गर्न र ती प्राथमिकतालाई आगामी बजेट तथा कार्यक्रमसँग प्रभावकारी रूपमा जोड्न केन्द्रित रहेको छ।

    छलफलका क्रममा प्रधानमन्त्री शाहले योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान जस्ता गरिमामय निकायको वर्तमान जिम्मेवारी, उनीहरूले तर्जुमा गरेका कार्यक्रम र बजेटको सान्दर्भिकताका बारेमा चासो व्यक्त गर्नुभएको छ। 

    बैठकमा प्रधानमन्त्रीले देशको अर्थतन्त्रलाई गति दिन र जनअपेक्षा अनुसारका काम अघि बढाउन सबै निकायबिच समन्वय हुनुपर्नेमा जोड दिनुभएको छ। सहभागी निकायले आ-आफ्नो कार्यक्षेत्रमा भोगिरहेका समस्या र कार्यसम्पादनमा सुधार ल्याउन चाल्नुपर्ने कदमबारे प्रधानमन्त्रीलाई जानकारी गराएका छन्।

     

     

     

     


    तेस्रो आँखा