• ट्रेण्डिङ्ग :
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छः प्रधानमन्त्री

साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छः प्रधानमन्त्री


  • 573
    SHARES
    • बैशाख १८, २०८३ शुक्रबार
    • ६ महिना अघि
    • 881 Views

    साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छः प्रधानमन्त्री

    काठमाडौँ, वैशाख १८ गते । प्रधानमन्त्री वालेन्द्र शाहले साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुने बताउनुभएको छ ।

    images

    पच्चीस सय सत्तरीऔँ बुद्ध जयन्तीका सुअवसरमा सामाजिक सञ्जालमार्फत सम्पूर्णमा दिनुभएको प्रज्ञामय शुभकामनामा उहाँले त्यो ‘ज्ञ’ ज्ञान भएको स्पष्ट गर्नुभएको छ ।

    बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सन्देशमा शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मजयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्नुभएको छ ।

    प्रधानमन्त्रीले भन्नुभएको छ, “बुद्धले भन्नुभयो-दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ । बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो, उज्यालोको अभाव नै अँध्यारो होस जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ, हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ ।” रासस

     


    तेस्रो आँखा