• ट्रेण्डिङ्ग :
राष्ट्रपतिबाट थप तीन वटा अध्यादेश जारी

राष्ट्रपतिबाट थप तीन वटा अध्यादेश जारी


  • 2.1K
    SHARES
    • बैशाख १९, २०८३ शनिबार
    • ६ महिना अघि
    • 3.2K Views

    राष्ट्रपतिबाट थप तीन वटा अध्यादेश जारी

    काठमाडौँ, वैशाख १९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार एकसाथ तीन वटा अध्यादेश जारी गर्नुभएको छ ।

    images

    नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा शनिबार उहाँले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने सम्बन्धी अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कायालयका प्रवक्ता रितेशकुमार शाक्यले विज्ञप्तिमार्फत् जानकारी दिनुभयो । 

    राष्ट्रपति पौडेलले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३  र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ शनिबार जारी गर्नुभएको हो । 

     


    तेस्रो आँखा