• ट्रेण्डिङ्ग :
राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी


  • 1.9K
    SHARES
    • बैशाख २२, २०८३ मंगलबार
    • ६ महिना अघि
    • 2.9K Views

    राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी

    काठमाडौँ, वैशाख २२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सोमबार दोस्रोपटक सिफारिस गरेको अध्यादेश राष्ट्रपतिले मङ्गलबार जारी गर्नुभएको हो।

    images

    अघिल्लो साता मन्त्रिपरिषद्ले सिफारिस गरेको यो अध्यादेश राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाउनुभएको थियो । राष्ट्रपतिले फिर्ता पठाउनुभए लगत्तै सरकारले पुनः अध्यादेश राष्ट्रपतिसमक्ष पठाएपछि उहाँले मङ्गलबार जारी गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् जानकारी गराएको छ । 

     


    तेस्रो आँखा