• ट्रेण्डिङ्ग :
स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट

स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट


  • 1.6K
    SHARES
    • बैशाख २३, २०८३ बुधबार
    • ६ महिना अघि
    • 2.4K Views

    स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट

    काठमाडौँ, वैशाख २३  गते। स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहतासँग नेपालका लागि बेलायती राजदूत रोब फेनले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

    images

    मन्त्रालयमा आयोजित भेटवार्तामा मन्त्री मेहताले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणमा बेलायत सरकारबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै दुई देशबीचको आपसी सहकार्यले द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।उहाँले वर्तमान सरकारले अघि सारेको १०० बुँदे शासकीय सुधार कार्य योजनाको मार्गचित्रमार्फत सुशासन, पारदर्शिता र प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राखेको बताउनुभयो।

    मन्त्री मेहताले खोप तथा प्रतिरक्षाका लागि विश्वव्यापी गठबन्धन, एड्स, क्षयरोग तथा मलेरियाविरुद्धको विश्व कोष र प्रतिजैविक प्रतिरोधविरुद्धको कार्यक्रमजस्ता बहुपक्षीय कार्यक्रममार्फत प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा बेलायतसँगको साझेदारी अझ सशक्त र जनमुखी हुने विश्वास व्यक्त गर्नुभयो ।

    भेटका क्रममा राजदूत फेनले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि बेलायत सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। 

     


    तेस्रो आँखा