• ट्रेण्डिङ्ग :
सरकारले सुशासनलाई मुलुकको समृद्धिको आधारशीलाको रूपमा ग्रहण गरेको छः राष्ट्रपति पौडेल

सरकारले सुशासनलाई मुलुकको समृद्धिको आधारशीलाको रूपमा ग्रहण गरेको छः राष्ट्रपति पौडेल


  • 2.3K
    SHARES
    • बैशाख २८, २०८३ सोमबार
    • ५ महिना अघि
    • 3.6K Views

    सरकारले सुशासनलाई मुलुकको समृद्धिको आधारशीलाको रूपमा ग्रहण गरेको छः राष्ट्रपति पौडेल

    काठमाडौँ, वैशाख २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशीलाको रूपमा ग्रहण गर्दै अघि बढाउने बताउनुभएको छ । 

    images

    सोमबार सङ्घीय संसद्को दुवै सदनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

    राष्ट्रपति पौडेलले सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनःउत्थान र सामाजिक उन्नतिलाई अभियानको रूपमा अघि बढाउने समेत बताउनुभयो ।

    उहाँले सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित हुनेगरी राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषयहरू पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिने पनि बताउनुभयो । 

    उहाँले भन्नुभयो,“सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशीलाको रूपमा ग्रहण गर्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनःउत्थान र सामाजिक उन्नतिलाई अभियानको रूपमा अघि बढाउने छ । सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषयहरू पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिने छ । सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी राजस्व चुहावट मुक्त आर्थिक क्षेत्रको विकास गरिने छ ।”

    राष्ट्रपति पौडेलले सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममार्फत अघि बढाउने पनि बताउनुभयो । 

     


    तेस्रो आँखा