• ट्रेण्डिङ्ग :
कावासोतीको मकैबारीमा भाले गैँडा मृत फेला

कावासोतीको मकैबारीमा भाले गैँडा मृत फेला


  • 1.6K
    SHARES
    • जेठ १, २०८३ शुक्रबार
    • ५ महिना अघि
    • 2.5K Views

    कावासोतीको मकैबारीमा भाले गैँडा मृत फेला

    नवलपुर, जेठ १ । नवलपुरको कावासोती नगरपालिका–१ स्याउलीस्थित मकैबारीमा दुर्लभ एकसिङ्गे भाले गैँडा मृत फेला परेको छ । अन्दाजी १०–१२ वर्षको गैँडा मृत फेला परेको घटनास्थलमा रहेका डिभिजन वन अधिकृत विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

    images

    उहाँका अनुसार शरीरमा कुनै चोटपटक नदेखिएकाले तथा गैँडा बूढो पनि नभएकाले मृत्युको कारण यकिन हुन सकेको छैन । मकैबारीमा मृत फेला परेकाले स्थानीयले थापेको पासो वा करेन्ट लागेर मरेको हुन सक्ने आशंका गरिएको छ । पोस्टमार्टम रिपोर्टपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने उहाँले बताउनुभयो । गैँडाको खाग र खुर सुरक्षित रहेको पनि उहाँको भनाइ छ ।

    गैँडाको पोस्टमार्टमका लागि चितवन राष्ट्रिय निकुञ्ज बाट भेटेरिनरी चिकित्सकसहितको टोली परिचालन गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापाले जानकारी दिनुभयो ।


    तेस्रो आँखा