• ट्रेण्डिङ्ग :
सभामुख अर्याल र जापानी राजदूतबिच शिष्टाचार भेटवार्ता; द्विपक्षीय हित र सहकार्यका विषयमा छलफल

सभामुख अर्याल र जापानी राजदूतबिच शिष्टाचार भेटवार्ता; द्विपक्षीय हित र सहकार्यका विषयमा छलफल


  • 1.3K
    SHARES
    • जेठ १, २०८३ शुक्रबार
    • ५ महिना अघि
    • 2.0K Views

    सभामुख अर्याल र जापानी राजदूतबिच शिष्टाचार भेटवार्ता; द्विपक्षीय हित र सहकार्यका विषयमा छलफल

    काठमाडौँ, जेठ १ गते । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि जापानका राजदूत माएडा तोरुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको उक्त भेटवार्ताका क्रममा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको उहाँको निजी सचिवालयले जनाएको छ ।

    images

    भेटका क्रममा सभामुख अर्यालले आफ्नो कार्यकालमा नेपाल र जापानबिचको ऐतिहासिक सम्बन्ध अझ सुदृढ, प्रगाढ र परिणाममुखी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको आर्थिक–सामाजिक विकास, पूर्वाधार निर्माण, शिक्षा तथा प्रविधि क्षेत्रमा जापानले पुर्‍याउँदै आएको निरन्तर सहयोगको उच्च प्रशंसा गर्नुभयो । सभामुख अर्यालले आगामी दिनमा दुई देशबीचको सहकार्य अझ विस्तार र सुदृढ हुने अपेक्षा समेत राख्नुभयो ।

    सो अवसरमा जापानी राजदूत तोरुले नेपालसँगको सम्बन्धलाई जापानले सधैँ उच्च महत्त्व दिएको उल्लेख गर्नुभयो । उहाँले नेपालको विकास प्रयासमा जापानको सहयोग जारी रहने स्पष्ट पार्दै दुई देशबीचको आपसी सहकार्य र मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो । 

     


    तेस्रो आँखा