• ट्रेण्डिङ्ग :
प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीको विरोध


  • 2.1K
    SHARES
    • जेठ ५, २०८३ मंगलबार
    • ५ महिना अघि
    • 3.2K Views

    प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीको विरोध

    काठमाडौँ, जेठ ५ गते । प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा विपक्षी दल श्रम संस्कृति पार्टीले प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ । बैठक सुरु भए लगत्तै पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदले आ–आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन् । 

    images

    संसदको कारबाही अगाडि बढिरहँदा श्रम संस्कृति पार्टीका सांसदले विभिन्न माग अङ्कित प्लेकार्डसहित उभिएर सदनको ध्यान आकर्षण गराएका थिए । 

    उक्त दलले सोमबारको बैठकमा यसैगरी विरोध प्रदर्शन गरेको थियो । लगातार दोस्रो दिन पनि संसद् बैठकमा सो पार्टीले आफ्नो असन्तुष्टि व्यक्त गर्दै विरोधलाई निरन्तरता दिएको हो । 

     


    तेस्रो आँखा